सुनको मूल्य ओरालो लाग्यो
प्रकाशित मिति : 22 December, 2021 11:40 am
काठमाडौं । नेपाली बजारमा आज पनि सुन सुनको मूल्य ओरालो लागेको छ । मंगलबार ९३ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ४ सयले घटेर तोलाको ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार १ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको मूल्य ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार १० रुपैयाँ घटेर १२३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर तोलाको १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








