एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति : 24 December, 2021 1:35 pm
काठमाडौं ।नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शुक्रबार झुण्डिएको अवस्थामा एसएसपी यादव मृत फेला परेका हुन् ।
संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत रहेका यादव आफू बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।








