२८ मंसिर २०८२, आइतबार

बलात्कारको आरोपमा रोल्पा नगरपालिकाका सूचना अधिकारी थापा पक्राउ

प्रकाशित मिति :  24 December, 2021 3:18 pm


रोल्पा । रोल्पा नगरपालिका सूचना अधिकारी सुशील थापा बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीमा कार्यरत एक महिलाको उजुरी परेपछि थापा पक्राउ परेका हुन् । अधिकृत थापालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रोल्पाले बाँकेमा बुझाएको छ ।

बाँकेमा सशस्त्र प्रहरीमा कार्यरत महिलाले आफूलाई थापाले पटकपटक बलात्कार गरेको भन्दै उजुरी गरेपछि थापा पक्राउ परेका हुन् ।

म्याद थप गरेर अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !