आजको मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति : 25 December, 2021 9:30 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।








