८ पुस २०८२, मंगलबार

एमसिसीलाई टुङ्गोमा पुर्याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

प्रकाशित मिति :  25 December, 2021 3:51 pm


गोरखा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना ९एमसिसी० लाई टुङ्गोमा पु¥याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए ।

“यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो”, गृहमन्त्री खाँणले भने “एमसिसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ ।”

एमसिसी सम्झौतालाई टुङ्गोमा पु¥याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन् । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो । फरक प्रसङ्गमा उहाँले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उहाँले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए।

“आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ, सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ”, गृहमन्त्री खाँणले भने। निर्वाचनमा सहयोग पु¥याउने सरकारको दायित्व भएको जनाउँदै उहाँले आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताए ।रासस



प्रतिक्रिया दिनुहोस !