८ पुस २०८२, मंगलबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  26 December, 2021 12:29 pm


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको छ । शुक्रबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२६०मा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा नै कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !