५ पुस २०८२, शनिबार

कांग्रेसमा गच्छदारको पराजयले माओवादी केन्द्रमा बलियो हुँदै मधेशको नयाँ कनेक्सन

प्रकाशित मिति :  26 December, 2021 1:46 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित राष्ट्रिय सम्मेलनलाई अपर्झट महाधिवेशनमा परिणत गर्ने एक प्रमुख कारण मधेशको नयाँ कनेक्सन रहेको पार्टी निकट एक नेताले जनाएका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी समितिले बाँडने कापीमा समेत राष्ट्रिय सम्मेलन छापि सकिएको अवस्थामा माओवादी केन्द्रको नयाँ मधेश कनेक्सन प्रमुख कारण रहेको देखिएको छ ।

मधेशबाट पुराना अनुहार र राजनीतिक व्यक्तिहरूको ठूलो हिस्सालाई समेटेर ल्याउने योजना अन्तर्गत कनेक्सन बनाउने तयारी रहेको छ ।
नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने गरेको शनिबारको निर्णयलाई आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

अहिले पार्टीलाई संसदीय निर्वाचनमा भाग लिनु पर्ने आवश्यकता रहेको छ । त्यस अनुसारको पार्टी संरचनालाई कुनाजोड्ने र मिलाउने नीति अनुसार केही नेताहरूलाई जोड्नुपर्ने भएकाले महाधिवेशन गरी जाँदा सहज हुने देखेर यस्तो निर्णय गरिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको बताए पछि पार्टीमा मुख्यरूपले एकल प्राधिकारको निर्माण गरिसकेका अध्यक्ष प्रचण्डको भनाइलाई पार्टीका नेताहरूले समर्थन गरेका हुन् ।

प्रचण्डले मधेशबाट चुनाव जित्न आफ्नो लभ मधेशसँग परेको बताएका थिए । साथै यसअघि भएको चुनावमा केही गैर कम्युनिस्ट समूहका नेताहरूलाई पार्टीमा मिलाउन सक्ने सफलता प्रचण्डले पाएका थिए । साथै मधेश आन्दोलनसँग सुरुसँग जोडिएर पछिल्लो समय नेपाली कांग्रेसका विजयकुमार गच्छेदारको लोकतान्त्रिक फोरममा बरिष्ठ उपाध्यक्षको हैसियतमा रहेर अलग भएका रामेश्वार राय यादवले प्रचण्डको समर्थनमा माओवादीको सहयोग समेत पाएर सर्लाहीबाट प्रत्यक्ष चुनाव लडेर जितेका थिए ।

गच्छदार फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाउन पुगेका थिए भने रामेश्वर राय यादव माओवादीमा मिलेका थिए । यसैगरी रायसँग मधेश आन्दोलनबाट उदाएका नेता ह्देयश त्रिपाठी एमालेको सूर्य चिन्ह्बाट चुनाव लड्ने गरी राष्ट्रिय जनता पार्टीको गठन पछि निस्केका थिए ।

हालै मात्र सूर्य छापबाट चुनाव लडेका त्रिपाठीले जनता प्रगतिशील पार्टी खोलेको घोषणा गरेपनि निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेका छैनन् । त्रिपाठीले आफू फकिन वा कसलाई फकाउन पार्टी दर्ता गरेको हुनसक्ने कतिपयको बुझाइ रहेको छ । ठिक यही बेला सम्पन्न भएको नेपाली कांगेसको निर्वाचनबाट उपाध्यक्ष पदको निर्वाचन गच्छेदार हारिसकेको अवस्था छ । अनि यहि बेला माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाउने निर्णय गरेको छ ।

मधेश आन्दोलनबाट आफ्नो नेतृत्वको विकास गरेका रामेश्वर राय यादवको नेपाल सदभावना पार्टीको बेलादेखिको राजनीतिक कनेक्सन आफ्नै किसिमको छ । अर्कोतर्फ गच्छदारसँग कांग्रेसमा लोकतान्त्रिक फोरम मार्फत गएका अधिकांश जिल्लास्तरीय नेता कार्यकर्ता रामेश्वर यादव निकट गोलबन्द हुन थालेको पाइएको छ । निर्वाचनमा स्थानीय तहका नेता रामेश्वर राय यादव जस्ता नेतासँग जोडिने भएपछि त्यसलाई च्यानलाइज गर्न माओवादी पार्टीलाई शीर्षतह र त्यस अनुरूपको च्यानलमा मिलाउनुपर्ने आवश्यकता पूरा गर्न महाधिवेशन गरेर जाँदा सहज हुने सो पार्टी निकटहरूको भनाइ रहेको छ ।

पार्टीमा मधेशी अनुहार भएका नेताहरू नभएको होइन तर ती नेताले मात्र संसदीय निर्वाचनका लागि चाहिने ‘कुनाजोडाइ’ गर्न उपयोगी हुन नसक्ने भएकाले रामेश्वर राय जस्ता नेतालाई शीर्षतहमा लानुपर्ने अड्कल पार्टी भित्र चलेको हो ।

पार्टीमा यसअघि प्रभावशाली मानिएका प्रभु साह र रामचन्द्र झा पार्टीबाट गइसकेको अवस्थामा रामेश्वर राय यादव जस्ता नेता महत्वपूर्ण हुन सक्ने छ । रामेश्वर राय यादवको उपस्थितिले तराई मधेशमा पुराना नेपाल सदभावना पार्टीको प्रभावक्षेत्रमा राम्रो दखल दिन सक्ने अवस्था माओवादीलाई प्राप्त हुनेछ ।

माओवादी पार्टीमा मात्रिका यादवका अतिरिक्त मधेशी अनुहारमा कम्युनिस्ट पार्टीको राजनीतिक विरासत बोकेका गणेश शाह र विश्वनाथ साह जस्ता नेता बाँकी रहेका छन् ।

तर गैर कम्युनिस्ट खेमाका आम जनतालाई समेटन सक्ने खामोको रूपमा रामेश्वर राय यादव जस्ता नेतालाई ठाम ठाम खडा गर्न सक्ने संसदीय निर्वाचनमा लाभ मिल्न सक्ने आकलन गरी मधेशमा नयाँ कनेक्सन बनाउने तयारी भएको हो ।

यस्तो भए माओवादी केन्द्रको तर्फबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा श्रम मन्त्रीको जिम्मेवारी सम्लहालेका रामेश्वर राय यादव शीर्ष तहमा स्थान बनाउन सक्ने सफलता पाउने छन् ।

२०६९ सालमा आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको माओवादीले आइतबार ३ बजे काठमाडौंमा उद्घाटन सत्रको आयोजना गरेको छ । सम्मेलनमा अन्य दलका प्रतिनिधिहरूलाई नबोलाउने निर्णय गरेको माओवादीले महाधिवेशनमा रूपान्तिरित सम्मेलनको उदघाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !