५ जेष्ठ २०८१, शनिबार

थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

प्रकाशित मिति :  26 December, 2021 4:52 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २८३ जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ रहेको छ । जसमध्ये ८ लाख १० हजार ७८० जना संक्रमण मूक्त भएका छन् । देशभर ११ हजार ५८५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !