सुन ९३ हजारमा रुपैयाँमा कारोबार हुँदै
प्रकाशित मिति : 28 December, 2021 11:29 am
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो १ सय रुपैयाँ बढेर तोलाको ९३ हजार २ सय पुगेको छापावाला सुन आज प्रतितोला २ सयले घटेर तोलाको ९३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७सयमा कारोबार भएको थियो ।
हिजो प्रतितोला १० रुपैयाँले घटेको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२६० रुपैयामा कारोबार भएको महासंघले जानकारी दिएको छ ।








