कपिलवस्तु कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु
पिपरा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका बुंचीमा दुर्घटनामा परी शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंक जितपुर शाखाका प्रमुख मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वाणगंगा नगरपालिका पिपराका स्थानिय बासिन्दा हुन । पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख हुन् ।
सो दुर्घटनामा घाइते हुनेमा वाणगंगा नगरपालिका पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल रहेका छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पिपराबाट गोरुसिंगे जाने क्रममा उनीहरु सवार कारलाइ ट्रकले ठक्कर दिए लगत्तै बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्रक र बसचालकलाई नियन्त्रमा लिइसकेको छ ।






