५ जेष्ठ २०८१, शनिबार

भारतमा पहिलो पटक ओमिक्रोन संक्रमणबाट एकको मृत्यु

प्रकाशित मिति :  31 December, 2021 11:25 am


काठमाडौं। भारतमा ओमिक्रोन भाइरसको संक्रमणबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । भारतिय संचार माध्यमका अनुसार महाराष्ट्रमा ओमिक्रोन संक्रमणबाट ५२ बर्षिय व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु भएका व्यक्ति नाइजेरियाबाट आएको जनाइएको छ । उनी १३ बर्षदेखि मधुमेह जस्तो जटिल रोगबाट पिडित भएको बताइएको छ ।

भारतमा केही समयता ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेको छ । भारतमा अहिलेसम्म १२७० जना ओमिक्रोन संक्रमित भेटिएका छन् । दिल्ली, महाराष्ट्र, केरला, गुजराज लगायत २३ वटा राज्यमा ओमिक्रोनको संक्रमण फैलिसेको छ। ।

पछिल्लो २४ घण्टामा त्यँहा १६ हजार ७६४ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकदिनमा २०० जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !