१६ बैशाख २०८१, आइतबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  5 March, 2020 11:34 am


काठमाडौ, २२ फागुन । 

आज बिहिबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ८० हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !