६ पुस २०८२, आइतबार

एमसीसी टेबल गर्ने सत्ता गठबन्धनमा सहमति

प्रकाशित मिति :  20 February, 2022 12:18 pm


काठमाडौं । अमेरिकी सहयोग अन्तर्गतको एमसीसी परियोजना संसदबाट पारित गराउन आज बस्ने प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति बने पछि आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी सार्वजनिक गरेका हुन् ।

एमसीसी टेबल भएपनि यसमा प्रतिपक्षीको धारणा खोजिने प्रवक्ता कार्कीले बताए ।

अघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेकाले यो विगत केही दिन देखि सर्दै आएको थियो ।

गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू पुगेका छन् ।

यसैगरी बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसीको प्रस्ताव प्रतिनिधिसभामा आजै टेबल गरिने जनाए ।

 



प्रतिक्रिया दिनुहोस !