गठबन्धनमा सामेल जनमोर्चाले विपक्षमा मतदान गर्ने
प्रकाशित मिति : 20 February, 2022 12:43 pm

काठमाडौं। सत्तारुढ गठबन्धनमा सामेल दल राष्ट्रिय जनमोर्चाले सदनमा एमसीसी उपर मतदान भए विपक्षमा मतदान गर्ने भएको छ ।
सो पार्टीकी सांसद दुर्गा पौडेलले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्न नहुने बताउँदै यस्तो बताएकी हुन् ।
आज आइतबार बिहान बालुवाटारमा आयोजित सत्तागठबन्धनका प्रमुख दलबीच एमसीसी संसदमा टेबल गर्न सहमति भएको थियो ।
तर गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले संसदमा एमसीसी टेबल गरिए विपक्षमा मतदान गर्ने जनाइन् ।