३ फाल्गुन २०८१, शनिबार

वैदिक होराको पाचौं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति :  1 March, 2022 3:14 pm


काठमाडौं । वैदिक होरा प्रा.लि. को पाँचौ वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार महाशिवरात्रीको दिन वैदक होरा स्थापना भएको अवसर पारेर एक कार्यक्रमका बीच वार्षिकोत्सव सम्पन्न भएको होे । वैदिक होराले ज्योतिष तथा कर्मकाण्डको कक्षा सञ्चालन गर्दै आएको छ ।

विगत ५ वर्षदेखि वैदिक होराले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेको लागि सस्तो र सर्वसुलभ मूल्यमा विद्यार्थीलाई प्रशिक्षण दिँदै आइराखेको छ । वैदिक होराका सञ्चालक तथा प्रशिक्षक ज्योतिषाचार्य अनिरुद्र भट्टाराईले यो क्षेत्रमा २० वर्षको अनुभव रहेको बताए ।

उनका अनुसार यो ५ वर्षको अवधिमा २ हजार विद्यार्थीलाई ज्योतिष र कर्मकाण्डको प्रशिक्षण दिएका छन् । होरा एस्ट्रोलोजी एण्ड होरोस्कोप एप मार्फत दैनिक ४ ५ सय विदेशीको भविष्य र भुत बताउँदै आएका छन् । काठमाडौं मित्रपार्कमा रहेको यस वैदिक होरामा वार्षिकोत्सवको अवसरमा निशुल्क भर्नाको सुविधा रहेको ज्योतिषाचार्य भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस !