१३ बैशाख २०८१, बिहिबार

रूकुम पूर्वको सानीभेरी नदीमा जलयात्राको परीक्षण सफल

प्रकाशित मिति :  12 March, 2020 3:11 pm


रूकुम पूर्व, २९ फागुन । रूकुम पूर्वको सानीभेरी नदीमा साहसिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ ।

सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले जानकारी दिए । उनले नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गर्दा र परीक्षण सफल भएको जानकारी दिए ।

रुकुम पूर्वबाट पश्चिमतिर बग्ने सो नदीमा जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न अब सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जलयात्रा परीक्षणको प्रतिवेदन प्राप्तभएपछि नदीमा जलयात्रा गर्न र यसलाई नियमितरुपमा सञ्चालन गर्नको लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिईन् । प्राविधिकका अनुसार नदीमा बाह्रै महिना जलयात्रा गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस !