एएनसिएपी सेफ्टी रेटिङमा ग्रेट वाल मोटरको हाभल एच ६ लाई फाइभ–स्टार
प्रकाशित मिति : 23 March, 2022 2:43 pm
काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लूएम) हाभल एच ६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसिएपी) क््रयास परिक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार रेटिङ् प्राप्त गरेको छ ।
जि. डब्लु.एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच ६ जि. डब्लु.एम को दोस्रो गाडी हो । हाभल एच ६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९०%, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८%, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३%, र सेफ्टी असिस्टमा ८१% स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरेको हो ।
एएनसिएपीको अनुसार हाभल एच ६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ ।