‘ग्लोबल मनि विक’मा कुसोम कलेज प्रथम, सायम कलेज दोस्रो स्थानमा
प्रकाशित मिति : 27 March, 2022 12:20 pm

काठमाडौं । प्रभु क्यापिटलले ग्लोबल मनि ग्लोबल मनि विक (जीएमडब्लू २०२२) को अवसर पारेर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम अन्र्तगत फाइनान्सियल क्विज कन्टेस्ट २०२२ गरेको छ ।
क्यापिटलले अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता गरेको हो । अन्तर कलेज भएको हाजिरीजवाफ प्रतियोगिताको कुसोम कलेज प्रथम बन्यो भने सायम कलेजले दोस्रो स्थान लिन सफल भएको छ । एपेक्स कलेजले तेस्रो स्थान हासिल गरेको छ ।
यस प्रतियोगितामा १५ कलेजले प्रतिस्पर्धा गरेका थिए भने ६ कलेज फाइनलमा पुगेका थिए ।
हरेक वर्ष ग्लोबल मनि विक अन्र्तगत विश्वव्यापीरुपमा विभिन्न कार्यक्रम हुँदै आएको छ । विद्यार्थीलाई वित्तीय साक्षरताको लागि यो प्रतियोगिता राखेको प्रभु क्यापिटलले जनाएको छ ।