१७ बैशाख २०८१, सोमबार

स्थानीय तह निर्वाचन: स्याङ्जामा २०७४ सालको चुनावमा कुन दलको अवस्था कस्तो?

प्रकाशित मिति :  31 March, 2022 1:17 pm


रबी थापा
स्याङ्जा । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेको छ । योसँगै स्थानीय तहहरुमा निर्वानको लागि सबै दलका नेता ,कार्यकर्ताहरु निर्वाचनको तयारीमा लागिसकेका छन् ।

अघिल्लो पटकको निर्वाचन २०७४ को स्थानीय चुनावलाई फर्केर हेर्ने हो भने स्याङ्जाका अधिकांश पालिकाहरुमा नेपाल कम्यिुनिष्ट पार्टीले (एमाले)ले जित हासिल पार्न सफल भएको थियो ।

स्याङ्जाका ११ पालिकामध्ये ७ वटा पालिकामा एमालेबाट चुनावमा उठेका उम्मेद्वारले जित हात पार्दा कांग्रेसबाट चुनावमा उठेका उम्मेद्वार ४ वटा पालिकामा सिमित रहे । उक्त चुनावमा एमाले र कांग्रेसबाट चुनाव लडेका बाहेक अन्य कुनै पनि दलका उम्मेद्वारले जीत हासिल गर्न सकेनन् ।

स्याङ्जाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिकाले महिला नगरप्रमुख पायो भने बाँकी पालिकामा महिला उम्मेद्वार उपप्रमुखमा नै सिमित रहे । स्याङ्जा २०७४ सालको स्थानिय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मत परिणम यस्तो रहेको छ ।

वालिङ नगरपालिका

वालिङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दिलिप प्रताप खाँणले १० हजार ६०० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुण्यप्रसाद अर्यालले ८ हजार ७४९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुम बहादुर गुरुङले १ हजार २३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका छम कला कुबरले २७०, राष्ट्रिय जनमोर्चाका राजेन्द्र प्रसाद गैह्रेले ११४ र स्वतन्त्रका डोलराज वि.क.ले ११ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी कल्पना तिवारीले ९ हजार ८९५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की खगीसरा थापा मगरले ९ हजार ३५७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेत्र कुमारी पौडेल भट्टराईले १ हजार ४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका दोर्ण बहादुर गुरुङले ३७३, नयाँ शक्ति पार्टी, नेपालकी दीपा भुसाल ९८ र राष्ट्रिय जनमोर्चाकी मेनुका सार्कीले ३५ मत ल्याएका थिए ।

पुतलीबजार नगरपालिका
पुतलीबजार नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सिमा कुमारी क्षेत्रीले १०२४९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले ९ हजार २९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दुर्गा नारायण ढकालले ६ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पूर्ण कुमारी गुरुङले ४ सय ८५, नयाँ शक्ति पार्टी, नेपालका पोम नारायण अर्यालले ९५, राष्ट्रिय जनमोर्चा पार्टीका गेम बहादुर हमालले २९ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) की विष्णु माया सुवेदीले १० मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश पुरीले १०३७९ मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी हिरादेवी शर्माले ८ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मत जंग कार्कीले ९९८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की इश्वरी सिग्देल अर्याल ७ हजार ३६ मत ल्याएका थिए ।

भिरकोट नगरपालिका

भिरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका छायाराम खनालले ६ हजार २८४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सन्तोष के.सी. ले ४ हजार ५०, स्वतन्त्रका गोकुल एसिले २ सय ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम कुमार श्रेष्ठले १ सय २७ र राष्ट्रिय जनमोर्चाका नर भूपाल दमाईले ४४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी सीमा कर्माचार्यले ५ हजार ९३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सरस्वती अधिकारीले ४ हजार २४९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की चन्द्र बहादुर रोकाहाले ५ सय ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी कुमारी खाँणले ९६ र राष्ट्रिय जनमोर्चा पार्टीकी भीमा दमाईले २७ मत ल्याएका थिए ।

गल्याङ नगरपालिका

गल्याङ नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भूपराज अधिकारीले ८ हजार ३६८ मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका लाल गोपाल अर्यालले ६ हजार ६२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लोकेन्द्र तराङले १ हजार ३८१, र राष्ट्रिय जनमोर्चा पार्टीका विष्णु प्रसाद गैह्रैले ३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लेमकला भट्टराई ३६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की देवीसरा थापाले ८ हजार ४१९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी खगीसरा भण्डारीले ५ हजार ९७६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रीता खनालले १ हजार २२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज न्यौपानेले ११५, र राष्ट्रिय जनमोर्चा पार्टीकी तुलसा देवी पराजुली ७५ मत ल्याएका थिए ।

चापाकोट नगरपालिका

चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका शिवकुमार गिरीले ५ हजार ९८९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बुद्धिमान श्रेष्ठले ५ हजार ८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हरिप्रसाद भट्टराईले ४ सय ५३, नयाँ शक्ति पार्टी, नेपालका रुकविर विकले ४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन प्रसाद पंज्ञानीले ४१ मत प्राप्त गरेका थिए ।

त्यसैगरि उपप्रमुखमा नेपाली काँग्रेसकी विमला श्रेष्ठले ६ हजार ३५८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सरस्वती देवी भटट्राईले ४ हजार ४९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सीता आचार्यले ४ सय ५३ मत ल्याएका थिए।

विरुवा गाउँपालिका

विरुवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चुनप्रसाद शर्माले ४४०३ मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका चो बहादुर गुरुङले ३३५०, राष्ट्रिय प्रजातन्त्र पार्टीकी जोग कुमारी गुरुङले ९१ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का धन बहादुर श्रेष्ठले २२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की शर्मिला देवी कुमारी थापाले ४ हजार ४७६ मत ल्याएर विजयी हुदा उनका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की मनु कुमारी थापाले २ हजार ८०८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत बहादुर थापा मगरले १४२ मत ल्याएका थिए ।

आँधिखोला गाउँपालिका

आधिँखोला गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुधिर कुमार पौडेलले ५ हजार ४१ मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका प्रदीप कुमार पौडेल (क्षेत्री) ले ३ हजार ८६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना कुमारी कार्कीले २२२, नयाँ शक्ति पाटी, नेपालका ख्याम नारायण ढकालले ७६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश शर्मा ढकालले १७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की शर्मिला देवी पौडेल (क्षेत्री) ले ५ हजार ८५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी गीता देवी चपाई २ हजार ८६२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नगेन्द्र प्रसाद पौडेलले ३४० र नयाँ शक्ति पार्टी, नेपालकी मीना देवी शर्मा (ढकाल)ले ६९मत ल्याएका थिए ।

फेदीखोला गाउँपालिका

फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का घनश्याम सुवेदीले ३ हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका तारापती सुवेदीले १ हजार ७६०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लक्ष्मी कुमारी पौडेलले ३२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र गुरुङले ९५, नयाँ शक्ति पार्टी, नेपालका रन बहादुर विश्वकर्माले ६४ र राष्ट्रिय कम्युनिष्ट पार्टी (संयुक्त) का चित्र बहादुर गुरुङले ६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की झन माया पराजुलीले २९२० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी लिला थापाले २७९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की मिठु लम्सालले ९९४ र राष्ट्रिय जनमुक्ति पार्टीकी जुबु माया थापाले ५७ मत ल्याएका थिए ।

हरिनास गाउँपालिका

हरिनास गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम नारायण मानन्धरले ३००८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका देव कुमार मानन्धरले २८३२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नन्द कुमार थापाले ९३७, राष्ट्रिय जनमुक्ति पार्टीका कुल बहादुर थापाले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बहादुर थापाले २६ र राष्ट्रिय जनमोर्चाका खुम बहादुर रानाले ११ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की झन माया पराजुलीले २९२० मत ल्याएर विजयी हुदाँ उनका प्रतिद्धन्दी हरिनास गाउँपालिका नेपाली काँग्रेसकी लिला थापाले २७९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की मिठु लम्सालले ९९४ र राष्ट्रिय जनमुक्ति पार्टीकी जुबु माया थापाले ५७ मत ल्याएका थिए ।

अर्जुनचौपारी गाउँपालिका

अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दिर्घ नारायण अर्यालले ३३१९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहन बहादुर अधिकारीले ३२४१, स्वतन्त्रका देउ नारायण ढकालले १४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालकृष्ण पौडेलले १२८ र राष्ट्रिय जनमोर्चाका भुवन सिं विकले ४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की चिन माया गुरुङले ३३३४ मत ल्याएर विजय हुदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी माया खत्री क्षेत्रीले ३२१५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कमला खड्काले ३५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका कला वती देवकोटाले ९१ मत ल्याएका थिए ।

कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिम बहादुर थापाले ५०८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका शेर बहादुर थापाले ४४२२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) ईन्द्र बहादुर थापाले ३५४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सावित्रा कोइराला ५११६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेपाली काँग्रेसकी तुलसा पाण्डे भट्टराई ४३२५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कमलादेवी विश्वकर्माले ३४८ मत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !