१४ बैशाख २०८१, शुक्रबार

२२ जिल्लामा पशु उपचारमा अल्ट्रासाउन्ड र डिजिटल एक्सरेको प्रयोग, रोग पहिचानमा सहज हुने

प्रकाशित मिति :  1 April, 2022 6:03 pm


काठमाडौं । विकसित देशमा दुई दशक भन्दा पहिलेदेखि नै प्रचलनमा रहेको पशु उपचारमा अल्ट्रासाउन्ड र डिजिटल एक्सरेको प्रयोग नेपालमा पनि विस्तार हुन थालेकाे छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यो प्रविधि नेपाल भित्राएसँगै पशु उपचारमा सहज हुदैँ भएको पशु चिकित्सक बताउछन् ।

आयोजनाले २२ वटा अल्ट्रासाउन्ड मेसिन र ८ वटा एक्सरे मेसिन नेपाल भित्राएर सातै प्रदेशमा प्राथमिकतामा आधारमा वितरण गरिसकेको छ । आयोजनाले चैत्र ६ गते देखि ११ गतेसम्म एक समूह र १३ गतेदेखि १८ गतेसम्म गरि दुई समूहमा विभाजन गरेर ती मेसिन सञ्चालनका लागि भेटनरी डाक्टरलाई तालिम प्रदान गरेको छ ।

आयोजनाले विराटनगर, महोत्तरी, चितवन, पोखरा, भैरहवा, कञ्चनपुर, मकवानपुरमा रहेका भेटनरी अस्पतालमा र केन्द्रिय रिफरल भेटनरी चिकित्सालयमा एक एक वटा गरि ८ वटा डिजिटल एक्स रे मेसिन वितरण गरेको हाे ।

मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा, इलाम, पर्सा, सप्तरी, धनुसा, सर्लाही, पोखरा, स्याङ्जा, भैरहवा, नवलपुर, बाँके, कैलाली, कञ्चनपुर, कृषि तथा वनस्पती विभाग, पशु प्रजननको पोखरा र लहान फार्ममा गरी २२ वटा अल्ट्रासाउन्ट मेसिन वितरण गरिएको प्रशिक्षण कार्यक्रममा संयोजक तथा अनुगमन तथा मूल्या ङ्कन अधिकृत केशव भट्टले जानकारी दिए ।

शुक्रबार तालिमकाे समापन गरेकाे छ । पशु सेवा विभागका उप महानिर्देशक जीवलाल लम्सालको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा प्रशिक्षार्थीले यस्ता तालिमले प्राविधिक दक्षता सँगै क्षमता विकासमा सहयोग पुग्ने बताएका थिए ।

बझाङ बाट प्रशिक्षण लिन आएका विनोद कठायतले भने, “बझाङमा मानिसका लागि डिजिटल एक्सरे पुग्न नसकेको समयमा मैले पशुलाई गरिने अल्ट्रासाउन्ड र डिजिटल एक्सरे मेसिन सञ्चालन गर्न सक्ने ज्ञान पाए, यस्ता प्रविधियुक्त मेसिनहरु दुर्गम ठाउँहरुसम्म पनि पुर्‍याइदिन मेरो अनुरोध छ ।”

प्रशिक्षक डा. सुशिल कुमार पौडेलले यसरी सिकेका ज्ञानलाई गाईडलाइनका रुपमा बुझेर व्यवाहरमा लागू गर्न प्रतिक्षार्थीलाई आग्रह गरे । “टेक्नोलोजी भनेको आफूलाई अपडेट गराउदै लैजाने कुरा हो, काम गर्दा टेक्नोलोजीको प्रयोग गरेर अगाडी बढ्नुहोला,” उनले भने ।

६ दिनको तालिम लिएपछि प्रशिक्षार्थी डा. संजय ढुङ्गानाले भने, यसअघि मलद्वारमा हात हालेर अनुमानका भरमा गरिने पशु उपचारमा अल्ट्रासाउन्ड र डिजिटल एक्सरे ले पशु उपचारमा रोग पत्ता लगाउन सहज हुनेछ ।

अर्का प्रशिक्षर्थी डा.राजविन्द्र आफ्नो अनुभव सुनाउदै भने, “नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिएजस्तो स्किल बेस तालिम हाम्रा लागि अति नै प्रभावकारी हुन्छ । ठूला पशुदेखि कुकुर, बिरालो जस्ता साना पशुको रोग पत्ता लगाउन डिजिटल एक्सरे र अल्ट्रासाउन्डले धेरै नै सहयोग पुर्याउछ ।” पशुपालन गर्ने किसानका लागि पशु उपचार खर्च जोगाउन यस्ता मेसिनले सहयोग पुग्ने उनको विश्वास छ ।

आयोजनाले समापन समारोहमा प्रशिक्षक सुशिल कुमार पौडेल, ऐम्बुलेन्स चालक तथा प्राविधिक सहयोगी टिका गुरुङ् र सिभिल अस्पतालका रेडियोलोजिस्ट योगेन्द्र विष्टलाई कदर प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !