वालिङ नगरपालिकामा नवउद्यमी र कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान
स्याङ्जा । वालिङ नगरपालिकामा नवउद्यमी र कोरोना प्रभावितलाई उद्यमी बनाउन नगद अनुदान प्रदान गरिएको छ । नगरपालिका भित्रका १५० जना कृषक, कोभिड प्रभावित उद्यमी तथा स्टार्टअपले पेश गरेको आवेदनबाट छनौट भएका २० जनालाई नगद रु ५० हजारको दरले अनुदान प्रदान गरिएको हो ।
कृषकहरुले पेश गरेको सोच एंव योजना , स्थलगत अनुगमन तथा नगरपालिकाको उद्यमशीलता नवपर्वतन कोष २०७७ अनुसार २० जना छनौट भएका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले कृषकको हितका लागि नगरपालिकाले विगतका दिनबाट अहिलेसम्म विभिन्र सेवासुविधा दिदैैँ आएको र अगामी दिनमा पनि कृषकका हितमा काम गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी , प्रमुख प्रशासकीय अधिकृत राजन भट्टाई , युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्याल , लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
युएनडिपी नेपाल र दियालो संस्थाको साझेदारीमा उद्यमशीलता , व्यवसायिक प्रवधन तथा नवप्रवर्तन केन्द्रको सहजीकरणमा कार्यक्रम सञ्चालन भएको हो ।








