६ पुस २०८२, आइतबार

रोकिएन सेयरबजारमा पहिरो : नेप्सेमा २३ अंकको गिरावट

प्रकाशित मिति :  6 April, 2022 3:38 pm


काठमाडौं । साताको चौथो दिन पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ अंकमा झरेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ४१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धैरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२६ वटा कम्पनीको ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !