७ पुस २०८२, सोमबार

५ दिनदेखि हराएका बालकको शव छिमेकीको सेप्टिक ट्यांकीभित्र

प्रकाशित मिति :  7 April, 2022 2:50 pm


सर्लाही । पछिल्लो ५ दिन यता हराएका सर्लाहीका एक बालकको शव छिमेकीको सेप्टिक ट्यांकीभित्र फेला परेको छ । बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो ।

अनुसार बालकको हत्या गरेर शव बोराभित्र हाली सेप्टिक ट्यांकीमा फालिएको अनुमान गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेपछि बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

२० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको डीएसपी बूढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार अहिले बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !