१६ चैत्र २०८०, शुक्रबार

बागवानीको केन्द्र: गड्यौला उत्पादन सँगै ४२ हजार बिरुवा बेच्ने लक्ष्य

प्रकाशित मिति :  8 April, 2022 5:54 pm


काठमाडौं । समशितोष्ण बागवानी केन्द्र फलफूलका बिरुवा उत्पादनमा लक्ष्यनजिक पुगेको छ । फलफूल खेती अनुसन्धान देखि गड्यौैला उत्पादन गरिरहेको बागवानीको केन्द्र एक सिजनमा नै बिरुवा उत्पादनको लक्ष्यनजिक पुगेको हो ।

चालू आर्थिक वर्षमा कलमे देखि स्थानिय जातका कूल ४२ हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएकोमा गत सिजनमा नै ३४ हजार १ सय ९५ बिरुवा बिक्री वितरण भएको बागवानी केन्द्रका प्रमुख सूर्य प्रसाद बरालले जानकारी दिए ।

“हामीले वर्षमा दुई सिजनमा फलफूलका विरुवा बेच्ने गर्छौ, चालू आर्थिक वर्षको पहिलो सिजनमा नै धेरै किसानहरु फलफूल खेतीमा आकर्षण बढेको देखिन्छ,” केन्द्र प्रमुख बरालले भने, “अब आउने सिजनका लागि बिरुवा नसरीमा तयारी गर्दौ छौँ, सेवामूलक संस्था भएकाले किसानको माग बमोजिमका उत्पादनमा हाम्रो ध्यान केन्द्रित छ ।”

बागवानी केन्द्रकी सुचना अधिकारी सरिता गौतमका अनुसार केन्द्रले गौड्यौला उत्पादनमा पनि ध्यान दिएको छ । “केन्द्रले माटोलाई प्राङ्गरिक ढङ्गले मलिलो बनाउन गड्यौला समेत उत्पादन तथा पालन गरिरहेको छ,” गौतमले भनिन, “कोहि किसानले गड्यौला लैजान इच्छा देखाउनुभयो भने गड्यौले माटो र गड्यौला समेत स शुल्क रुपमा दिन्छौ । गौतमका अनुसार केन्द्रले गौड्यौले मल प्रति केजि २० रुपैँया र गड्यौला प्रतिकेजि ३ हजार रुपैँयामा बिक्री गर्छ ।”

हलूवावेद किन्न उपत्याकावासीको लाइन
गत सिजनमा हलूवावेदको विरुवा किन्न उपत्याकावासी बिहान सात बजेबाट लाइनमा बसेको केन्द्रप्रमुख बराल बताउछन् । जापनिज भेराइटीको हलूवावेद काठमाडौं उपत्यकाको माटो र हावापानी सुहाउदो भएका कारण यसमा उपत्याकावासी आकर्षण भएको उनको बुझाई छ । “प्राय ४, ५ आनामा घर बनाउने मानिसहरु पनि घरमा एउटा हलूवावेद लगाउने भन्दै बिरुवा किन्न आउनुहुन्छ, ” बरालले भने, “यसको जरा धेरै टाढासम्म नफैलिने, काँचो हुदाँदेखि नै खान सकिने भएकाले यो लामो समयसम्म खपत गर्न सकिन्छ ।”

केन्द्रले विभिन्न जातका फलफूलका बिरुवाहरु सुन्तला, जुनार, कागती, भोगटे, निबुवा, नास्पाती, हलुवावेद, आरु, आरुबखडा, ओखर, चुच्चे ओखर, कटुस, एभोकाडो,अङ्गुर, किवी उत्पादन, अनुसन्धान सँगै त्यसका लागि माउवोटको संरक्षण गर्ने तथा रुटस्टक बिरुवा उत्पादन गर्ने कार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !