म्यान निर्वाचनमा सर्वाधिक मत पौडेललाई
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को प्रबन्धक समितिको निर्वाचनमा उपेन्द्रप्रसाद पौडेलले धेरैमत प्राप्त गरेका छन् ।
शनिबार काठमाडौंको याक एण्ड यतिमा २० औं प्रबन्धक समितिको निर्वाचनमा सबैभन्दा धेरै मत पौडेलले प्राप्त गरेका हुन् । व्यक्तिगत तर्फ १९ जना बीच भएको प्रतिस्पर्धामा ११ जना विजयी भएका छन् ।
म्यानमा उपेन्द्र पौडेल सहित मोहनराज ओझा, पद्युम्न पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, अश्मी राणा, हेमाकुमारीअधिकारी, इन्द्रकुमार श्रेष्ठ, मनिष झा र अनु जोशी श्रेष्ठ चुनिएका छन् ।
संस्थागत तर्फ नौजनाबीच प्रतिस्पर्धा हुँदा ६ जना विजयी भएका छन् । संस्थागत तर्फ कर्मचारी सञ्चय कोष, शिवम् सिमेन्ट, सनराइज बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक विजयी भए । संस्थागततर्फ धेरै मत पाउनेमा पनि पौडेल अध्यक्षा रहेकाे नबिल बैंक अगाडी रहेको छ ।
व्यक्तिगत र संस्थागत गरी म्यानको १७ जनाको कमिटी निर्वाचित भएको छ।
म्यानको नवनिर्वाचित कार्यसमितिले अध्यक्ष सहित पदाधिकारी चयन गर्ने छ ।








