४ जेष्ठ २०८१, शुक्रबार

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

प्रकाशित मिति :  13 April, 2022 1:28 pm


काठमाडौं । सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा पुष्पराम केसी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरिक्षक (एआईजी) मध्येबाट केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार सेवा निर्विृत्त भएका छन ।

सरकारले केसीलाई सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

३० वर्षे सेवा अवधिका कारण केसी र एआईजी पौडेल दुबैको कार्यकाल आगामी वैशाख १९ गतेसम्म मात्रै रहनेछ ।



प्रतिक्रिया दिनुहोस !