प्रधानसम्पादक बुढाथोकी सम्मानित
प्रकाशित मिति : 14 April, 2022 9:19 pm
काठमाडौं । टक्सार म्यागजिन तथा लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् ।
विश्व खवरले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा तीन पत्रकार सम्मानित गरेको हो । सम्मानित हुनेमा प्रधानसम्पादक गजेन्द्र बुढाथोकीसहित नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत रहेका छन् ।
कार्यक्रममा विश्व खवरले प्रकाशित गरेको ‘समृद्धि सपना’ नाम विशेषाङ्क समेत लोकार्पण गरिएको थियो ।








