गर्ने हैन त लगानी ? सिवाईसी नेपाल लघुवित्तको आइपीओ खुल्यो
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेको छ । संस्थाले आज (२०७९ वैशाख २) देखि ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओ लगानीकर्ताले छिटोमा २०७९ बैशाख ६ गते गतेसम्म र िढलोमा २०७९ बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
संस्थाले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटलाई नियुक्त गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।








