६ पुस २०८२, आइतबार

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार

प्रकाशित मिति :  18 April, 2022 11:27 am


काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको सुनको मूल्य उकालो लाग्दै एक लाख दुई हजार ५०० पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ४२० पुगेको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !