स्याङ्जाको विरुवा गाउँपालिकाका विद्यालयमा कम्प्युटर वितरण
प्रकाशित मिति : 20 April, 2022 12:59 pm
स्याङ्जा । स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा अवस्थित आधारभूत विद्यालयमा कम्प्युटर पठनपाठन गर्ने प्रयोजनको निमित्त कम्प्युटर वितरण गरिएको छ।
विरुवा गाउँपालिका अन्तर्गत रहेका सबै आधारभुत विद्यालयहरुमा कम्प्यूटरको पहुँच पुर्याउने उदेश्यले १० वटा आधारभूत विद्यालय १–५ लाई वितरण गरिने कम्प्युटरमध्ये १ थान कम्प्यूटर र १ थान प्रिन्टर पहिलो चरणमा आज २ वटा विद्यालयलाई हस्तान्तरण गरिएको विरुवा गाउँपालिकाले जनाएको छ।
विरुवा गाउँपालिकाले पालिकाभरका विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।








