५ जेष्ठ २०८१, शनिबार

जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

प्रकाशित मिति :  20 April, 2022 3:37 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्र नगरपालिका वडा नं. ८ स्थित जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधबार बैंकका सञ्चालन समिति सदस्य मनबहादुर राईले शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायतका व्यवस्थापन समूह तथा स्थानीयबासीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन गरिसकेको छ भने कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।

नयाँ शाखा विस्तारसँगै उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !