भीरकोट नगरपालिकामा निर्वाचन अचारसंहिता सम्बन्धी छलफल तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्र
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भीरकोट नगरपालिकामा निर्वाचन अचारसंहितासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्र भएको छ ।
निर्वाचन आचारसंहिता सम्बन्धि सम्पूर्ण विवरण निर्वाचन आयोगको वेवसाइटमा उपलब्ध भएको र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, परारदर्शी र भयरहित बनाउन राजनितिक दल, उम्मेदवार, निर्वाचन जनप्रतिनिर्धि, मतदाता सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने निर्वाचन अधिकृत ऋषि आचार्यले बताए ।
कार्यक्रममा नेकपा एमाले भीरकोट नगरकमिटी अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष मीन प्रसाद कोइराला, लगायतका विभिन्र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नगरप्रमुख छायाराम खनाल, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा भीरकोट नगरपालिकाको निम्ति निर्वाचन अधिकृत ऋषिराम आचार्यले सहजीकरण गरेका थिए ।








