६ पुस २०८२, आइतबार

नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा सर्‍यो

प्रकाशित मिति :  22 April, 2022 2:24 pm


काठाडौं । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन उद्घाटन भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले शुक्रबारबाट नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले बताए ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट एमाले कार्यालय थापाथलीमा सरेको थियो भने त्यहाँ पनि ठाउँ नपुगेपछि अहिले तुल्सीलाल स्मृति भवनमा सरेका रिमालले बताए ।



प्रतिक्रिया दिनुहोस !