गौर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार अनिमेश कुमार मिश्रको पहिलो मनोनयन दर्ता
रौतहट । २०७९ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानिय तहमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्नेसक्ने कार्यतालिका आयोगले बनाएको छ ।
रौतहट जिल्लाको गौर नगरपालिकामा मेयर उम्मेदवारको लागि अनिमेश कुमार मिश्रले पहिलो मनोनयन दर्ता गरेका छन् । आजबाट सुरु भएको उम्मेदवार मनोनयन दर्तामा मिश्रले स्वतन्त्र तर्फबाट उम्मेदवार दर्ता गरेका हुन् ।
स्वतन्त्र मेयरको उम्मेदवार घोषण गरेका अनिमेश मिश्र एक शिक्षित परिवारका व्यक्ति हुन् । उनका बुवा स्व. विनोद मिश्र जु मा. वि. गौरमा नेत्रहीन बिधार्थीहरूको शिक्षक थिए । नेत्रहीनका लागि गौरमा ब्रेल लिपिको प्रशिक्षक र ब्रेल स्कुलको संस्थापक समेत थिए । ४० वर्षीय मिश्रले वित्तीय तथा व्यवस्थापनबाट स्रातकोत्तर गर्नुका साथै उनले “सिए आर्टिक्लसिप’’ समेत गरेका छन् ।
मिश्र नेपालका लिडिङ्ग अर्गानाईजेशनहरुमा “ग्रुप सिईओ’’ रहिसकेका छन् । त्यै पेशागत कर्मको क्रममा करिब २१ देशको भ्रमण गरिसकेको मिश्र सामाजिक परिपेक्षमा विशेष दख्खल राख्छन् । उनले भने, “पहिला व्यक्तिगत रुपमा सामाजिक कार्य गर्दै आए अब मेयरको पदमा बसेर गौर नगरवासीहरुलाई नमूना नगर र शिक्षित नगर बनाउने हेतुले स्वतन्त्र पदको उम्मेदवार घोषण गरेका हुँ’’ ।
बिगतमा उनले बाढी पिडितको १८ धुरी घर मर्मत र निर्माण, १२०० जनालाई नयाँ लुगा वितरण, ३७०० जनालाई उपचार सेवा तथा निशुल्क औषधी वितरणा, १५ जना गरिब जेहन्दार विधार्थीलाई छात्रवृतिको व्यवस्था, र कोभिड महामारीको बेला अस्पतालमा पौष्टिक आहार उपल्बध, अक्सिजन सिलिण्डर, औषधी वितरण जस्ता कार्य गरेका थिए ।
साथै मिश्र यसअघि विवेकशील साझा पार्टीका केन्द्रीय सचिवालय सदस्य थिए । पार्टी विभाजनपछि मिश्रले राजीनामा दिएका थिए ।








