६ पुस २०८२, आइतबार

स्याङ्जामा नेपाली काँग्रेसले ६ वटा पालिका प्रमुखको उम्मेदवार टुङ्ग्यायो

प्रकाशित मिति :  24 April, 2022 5:23 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्याङ्जा जिल्लामा नेपाली काँग्रेसले ६ वटा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएको छ भने बाँकी पालिकाको उम्मेदवार वैशाख ११ र १२ गतेभित्र टुङ्गो लगाउने जनाएको छ ।

नेपाली कांग्रेस स्याङ्जाले फेदीखोला गाउँपालिबाट लक्ष्मीप्रसाद बराल, हरिनास गाउँपालिकाबाट टोपबहादुर भुजेल, आँधीखोला गाउँपालिकाबाट प्रेम पौडेल, अर्जुनचौपारीबाट प्रकाश तिवारी, कालीगण्डकीबाट माया राना, र बिरुवाबाट डिआर पोख्रेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

फेदीखोला, हरिनास, विरुवा, कालीगण्डकी, आँधीखोला, गाउँपालिकाको उपाध्यक्षसहित अन्य पदहरु गठबन्धन साझेदार दललाई दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !