वालिङ नगरपालिकाको प्रमुखमा आठ र उपप्रमुखमा पाँच जनाको उम्मेदवारी दर्ता
स्याङ्जा । स्थानीय तहको निर्वाचान वैशाख ३० को लागि वालिङ नगरपालिकाको प्रमुखमा ८ र उपप्रमुखमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्ण खाँण, नेपाली काँग्रेसका दिलिप प्रताप खाँण, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नित्यानन्द तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्ण बहादुर थापा क्षेत्री, मंङ्गोल नेशनल अर्गनाइजेशनका सोम बहादु्र गुरुङ, जनता समाजवादी पार्टी नेपालका टिकाराम रेग्मी, स्वतन्त्रमा राजेन्द्र प्रसाद गैह्रे र सोम बहादुर गुरुङले पनि नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की खगीसरा थापा मगर, नेपाल काँग्रेसकी कविता तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) की कल्पना अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खगीसरा न्यौपाने र मंगोल नेशनल अर्गनाइजेशनकी जीन कुमारी गुरुङले उम्मेदवारी दर्ता गराएको वालिङ निर्वाचन कार्यलय अधिकृत उदवीर नेपालीले जानकारी दिए ।








