विप्लव नेतृत्वको नेकपा विभाजित, असन्तुष्त पक्षकाे संयाेजकमा बास्ताेला
प्रकाशित मिति : 4 May, 2022 1:50 pm
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।
धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको राष्ट्रिय भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेपछि नेकपा विभाजित बनेको हो ।
भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहालले पार्टीको महासचिवबाट विप्लवलाइ निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ ।








