सुनको मूल्य प्रतितोला १४००ले बढ्यो
प्रकाशित मिति : 5 May, 2022 11:37 am
काठमाडौं । आज बिहिबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज बिहिबार चाँदीको मूल्य पनि बढेको छ । केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज बिहिबार प्रतितोला १५ रुपैयाँले बढेर तोला १३०५ रुपैयाँमा कारोबार भइरहको छ ।








