६ पुस २०८२, आइतबार

मोटरहेडको बाइक किन्दा १ लाख सम्म छुट पाइने

प्रकाशित मिति :  5 May, 2022 12:59 pm


काठमाडौं । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले ‘स्क्रयाच एण्ड द क्यास’ अफर ल्याएको छ ।

अफर चैत १५,२०७८ देखि ३१ वैशाख २०७९ सम्म रहने जनाइएको छ । अफर अन्र्तगत मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि ७ हजार देखि १ लाख रुपैयाँ सम्म स्क्र्याच गरी छुट पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले अफर अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गर्ने छ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयरको सुविधा सहित डिलर रहेको छ ।

हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार देखि शुरु भई अधिकतम ४ लाख ५५ हजार रुपैयाँ सम्मको मूल्यमा उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !