ट्यारोको मोटरसाइकल किन्दा बैंकक घुम्ने अफर
काठमाडौं । ट्यारोका लागि नेपालको आधिकारि विक्रेता कम्पनी ओम मोटोकर्पले नयाँ वर्ष २०७९ स्कीम ल्याएको छ ।
यो स्किम २०७८ चैत्र २४ देखि बैशाख ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ट्यारो ब्रान्डका कुनै पनि स्कुटर खरिद गर्दा नगद १५ हजार रुपैयाँ र मोटरसाइकलमा नगद ३० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने छ ।
मोटरसाइकल अन्तर्गत जीपी२ २०० खरिद गर्दा २० हजार, जीपी१ २५० एसआरमा २५ हजार र जीपी१ ३८० मा ३० हजार रुपैयाँ छुट पाइने छ ।
यो योजना अन्तर्गत नगद छुटका साथै ट्यारो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमाफर्त बैंककको प्याकेज जित्न सक्नेछन् ।
ट्यारो ब्राण्डका इमोला १५० एलेक्सको मूल्य ३ लाख ३० हजार, जीपी१ २५० एसआरको मूल्य ६ लाख ५० हजार र जीपी१ ३८० को मूल्य ९ लाख ५० हजार रुपैयाँमा विक्री गर्दै आएको छ ।








