६ पुस २०८२, आइतबार

आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रकाशित मिति :  6 May, 2022 11:43 pm


काठमाडौं । अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासको आदेशलाई सदर गर्दै आलमलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

वि.स. २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको ज्यान मार्ने मुद्दाको अभियोग आलमलाई अदालतमा थुनामै राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाको उक्त आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सदर गरेपछि आलम थुनामुक्त गर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेशलाई सदर गरेपछि आलमलाई थुनामै राख्नुपर्ने निर्णय भएको हो । रासस



प्रतिक्रिया दिनुहोस !