६ पुस २०८२, आइतबार

रोल्पामा कांग्रेसले राजनीतिक नैतिकता देखाएन : नेता पुन

प्रकाशित मिति :  7 May, 2022 4:00 pm



रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेसले राजनीतिक नैतिकता नदेखाएको टिप्पणी गरेका छन् ।

चुनावी अभियानका क्रममा रोल्पाको गंगादेव गाउँपालिकामा बोल्दै नेता पुनले पाँच दलीय गठबन्धनको भावनाविपरीत अन्य दलसँग चुनावी तालमेल गरेको भन्दै कांग्रेसले राजनीतिक नैतिकता नदेखाएको टिप्पणी गरे ।

रोल्पामा नेपाली कांग्रेसले कतिपय ठाउँमा नेकपा एमाले,विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ । यसमाथि टिप्पणी गर्दै नेता पुनले गठबन्धनको संस्कृति र राष्ट्रिय आवश्यकता कांग्रेसले नबुझेको आरोप लगाए । गठबन्धनको निर्णयलाई काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लत्याएको नेता पुनले आरोप लगाए ।

उनले भने,“यहाँका काँग्रेसका साथीहरूले राजनीतिक नैतिकता छाडेर अनैतिक काम गर्नुभएको छ, राजनीति एक दिन गर्ने कुरा होइन । राजीतिक नैतिकताअनुसार नचल्नेलाई रोल्पाली सचेत जनताले जनताले दण्डित गर्नेछन् । तपाईंहरू पछि पछुताउनुहुनेछ ।”

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले माओवादी केन्द्र विरुद्ध जिल्लाभर गठबन्धन गरेको भन्दै त्यसलाई सहर्ष स्वीकार गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !