६ पुस २०८२, आइतबार

मतदाता परिचयपत्र हरायो, यसरी गर्न सकिन्छ मतदान

प्रकाशित मिति :  11 May, 2022 2:44 pm


काठमाडौं । मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलवार पत्रकार सम्मेलनका क्रममा मतदान गर्न जाने नागरिकले मतदाता परिचयपत्र हराए, छुटे वा साथमा नभए पनि मतदानमा सहभागी हुने पाउने बताएका छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले नागरिता देखाएर मतदान गर्न पाउने गरी व्यवस्था गरिएको निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

आयोगले नागरिक एपमा आफ्नो मतदाता परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गर्नेबारे पनि छलफल गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !