६ पुस २०८२, आइतबार

रोल्पाको गंगादेव गाउँपालिकामा काँग्रेसको सुरुआती अग्रता

प्रकाशित मिति :  14 May, 2022 8:47 am


उमा केसी,
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली काँग्रेसले सुरुआती अग्रता लिएको छ । वडा नं. १ र ७ को ६३४ मत गणना हुदा काँग्रेसले सुरुआती अग्रता लिएको हो ।

मत परिणाम अुसार गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिवहादुर पुनले २३२ मत प्राप्त गरेका छन । यसैगरि नेकपा एमालेका रोशनकुमार वलीले १८५ मत प्राप्त गरेका छन । नेकपा माओवादी केन्द्रका वीरवहादुर खत्रीले १२५ मत प्राप्त गरेका छन । स्वतन्त्र उमेदवार चुडामणी वलीले ३७ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा नेपाली काँग्रेसका अमृताकुमारी केसी वलीले २६२ मत नेकपा एमालेका निर्मलाकुमारी वली १८१ नेकपा एकीकृत समाजवादीका नेपवहादुर डाँगीले ९९ मत र स्वतन्त्र उमेदवार सुशिला वलीले २० मत प्राप्त गरेकी छिन ।

सो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठवन्धन गरेका छन । गंगादेव गाउँपालिकामा ७ वटा वडा रहेका छन ।

यसै गरि माडी गाउँपालिकामा काँग्रेस एमाले गठवन्धनले अग्रता लिएको छ । हाल सम्म ८७५ मत गणना हुदा अध्यक्षमा काँग्रेस एमाले गठवन्धनका उमेदवार विजय घर्तीमगरले ४१६ मत प्राप्त गरेका छन । नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले ४०८ मत प्राप्त गरेका छन । उपाध्यक्षमा काँग्रेस एमाले गठवन्धनका कृष्ण विकले ३७४ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले ४१२ मत प्राप्त गरेकी छिन । माडी गाउँपालिका वडा नं. १ को मतगणना भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !