६ पुस २०८२, आइतबार

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादीको प्यानल विजयी

प्रकाशित मिति :  14 May, 2022 9:02 am


रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार टेकबहादुर पुन ५ सय ६१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !