१६ बैशाख २०८१, आइतबार

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

प्रकाशित मिति :  14 May, 2022 9:38 am


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए।

उपप्रमुखमा नेकपा ९एमाले०का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताए । नगरपालिकामा कांग्रेस नेकपा ९माओवादी केन्द्र०को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।

नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा छन्। रासस



प्रतिक्रिया दिनुहोस !