१४ बैशाख २०८१, शुक्रबार

नागरिक अभिनन्दन पाएका सरकारी कर्मचारी, जसले किसानको जीविकोपार्जन गर्ने शैली नै बदलीदिए

प्रकाशित मिति :  22 May, 2022 11:19 pm


काठमाडौं । अबिरले रंगीएको निधार, कालो चस्मा, गालामा झपक्क दारी गला नै ढाकिने माला, वरीपरि सायौँको संख्यामा समर्थक । डडेलधुरामा देखिएको यो दृश्य पढिरहदा तपाइलाई भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कोहि निर्वाचित भएर विजयी जुलुस निकालेका हुन भन्ने लाग्न सक्छ । वास्तविकता भने अली भिन्न छ ।

आफ्ना लागि उर्लीएको जनसागर देखेर भावुक मुद्रामा छन् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेलधुराका प्रमुख ‘खेम सर’ अर्थात् खेमराज जोशी । डडेलधुराका किसान तथा सरोकारवाला खेम सरको कामदेखि यति प्रभावित भए कि उनी कामबाट बिदा हुदै गर्दा उनको सम्मानमा बिदाई तथा अभिनन्दन कार्यक्रममा सहित भावुक मुद्रामा विदाई गरे । डोटी घर भएका खेमराजले छिमेकी जिल्ला डडेलधुरामा बसेर ३ वर्ष ९ महिना किसानका बारी, कान्ला पुगेर उनीहरुलाई कृषि ज्ञान बाडे । किसानहरुले नै माया गरेर उनको नाम खेम सर राखिदिएका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने भएपछि किसानहरूले आज उनलाई बधाई तथा अभिनन्दन गरेका हुन् । इमानदारीपूर्वम सरकारी सेवा गरेको उनको सम्मानमा आज डडेलधुरा जिल्ला ‘खेम सर’ मय भएको छ । त्यहाँका किसानले स्वतस्फूर्त रुपमा खेमसरको सम्मानमा फूलमाला, अबिर, बाजा गाजा सहित काँधमा बोकेर बजार परिक्रमा गराए ।

किसानको माया देखेर भावुक बनेका खेमसरको ३ वर्ष अष्ट्रेलिया पढेर फर्केपछि डडेलधुरा नै बसेर किसानको सारथी बन्ने योजना छ । डडेलधुरा बासी हरेक किसानको मन मुटुमा बस्न सफल खेम सर र डडेलधुराका किसान पूरक हुन् जो एक अर्का बिना अधुरा-अपुरा छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेलधुराका प्रमुख रूपमा पद सम्हालेदेखि खेम सरले कृषि क्षेत्रमा उल्लेख्य प्रगती गरेका छन् । विशेष गरेर आलु खेतीको उत्पादन र क्षेत्र विस्तार गर्न किसानलाई प्रोत्साहित गर्नेदेखि कार्यक्रम कार्यान्वयनमा प्रदेश र स्थानीय तहसँग राम्रो तालमेल मिलाउन सीपालु उनलाई त्यस क्षेत्रका धेरै किसानलाई आइडल मान्छन् ।

डडेलधुरा बासी किसानको साथ सहयोगले नै आफु यो स्थानमा आइपुगेको पनि उनी बताउँछन् ।

पहिला आफ्नो जीविकोपार्जनको लागि मात्र आलु लगाउने डडेलधुरा बासीको अहिले आम्दानीको प्रमुख स्रोत आलु खेती नै हो । सुरुमा १२१ हेक्टर क्षेत्रफलमा मात्र आलु खेती हुने गरेकोमा आलु सुपर जोन घोषणा र उनले नेतृत्व लिएसँगै अहिले आलुको क्षेत्र विस्तार भई ६०० हेक्टर पुगेको छ । त्यस्तै, त्यहाँ आलुको उत्पादन र उत्पादकत्वमा पनि उल्लेख्य वृद्धि भएको छ ।

डडेलधुरामाआलु जोन कार्यक्रम रहँदासम्म १७ मेट्रिक टन प्रति हेक्टरमा मात्र आलु उत्पादन हुन्थ्यो । आलु सुपर जोनपछि अहिले आलु उत्पादन २३.८८ मेट्रिक टन प्रति हेक्टर पुगेको उनले बताए । हालसम्म बाँझो जमिनको सदुपयोग गरेर २६ हेक्टर जमिनमा आलु खेती भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !