१६ चैत्र २०८०, शुक्रबार

निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

प्रकाशित मिति :  26 May, 2022 5:42 pm


काठमाडौं । सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउन गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।

अदालतले लिखित फैसला भने उपलब्ध गराएको छैन । तर इजलासमा भने न्यायाधीशहरूले सो फैसला पढेर सुनाएका थिए ।

सर्वाेच्चले नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएपछि निजगढमा विमानस्थल बनाउने प्रस्ताव सधैँका लागि बन्द भएको छ ।

जंगलले ढाकिएको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो ।



प्रतिक्रिया दिनुहोस !