१८ बैशाख २०८१, मंगलबार

काँग्रेसका संघीय सांसदले कोरोना भाइरस नियन्त्रणका लागि १५ दिन बराबरको पारिश्रमिक दिने

प्रकाशित मिति :  24 March, 2020 4:54 pm


काठमाडाैं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले कोरोना भाइरस नियन्त्रणका लागि १५ दिन बराबरको पारिश्रमिक दिने भएका छन् ।

उनीहरुले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड -१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको कांग्रेसको भनाई छ । कांग्रेसले सरकारको निर्णय पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।

लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएकाले सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि कांग्रेसले सकारसँग आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !