६ जेष्ठ २०८१, आइतबार

पर्यटनमन्त्री प्रेम आलेले माधव नेपाललाई बुझाए राजिनामा

प्रकाशित मिति :  26 June, 2022 3:08 pm


काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेम आलेले राजिनामा दिएका छन् । आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजिनामा पत्र बुझाएको मन्त्री आलेका प्रेस संयोजक विमल विष्टले जानकारी दिए ।

मन्त्री आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार नै मन्त्री आलेले राजिनामा बुझाएको प्रेस संयोजक विष्टले बताए ।

उनले भने “मन्त्रीज्यूले पार्टी अध्यक्षलाई राजीनामा बुझाइसक्नुभयो अब केहीबेरमा पत्रकारसम्मेलन मार्फत आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्नुहुनेछ ।”



प्रतिक्रिया दिनुहोस !